वामपन्थी नेता शैलेन्द्र बज्राचार्य आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमार्फत काठमाडौं क्षेत्र नम्बर ७ को एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै बज्राचार्यले आउँदो फागुन २१ गतेको निर्वाचनमा नेता प्रकाश श्रेष्ठलाई सहयोग गर्ने उद्देश्यसहित पार्टीमा आबद्ध भएको बताए । उनले वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा एमालेले मुलुकलाई स्थायित्व र विकासतर्फ लैजान सक्ने क्षमता राख्ने धारणा व्यक्त गरे ।
Advertisement
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका केन्द्रीय तथा क्षेत्रीय नेताहरूको उपस्थिति रहेको थियो । नेताहरूले बज्राचार्यको एमाले प्रवेशले काठमाडौं क्षेत्र ७ मा पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







