हेटौंडा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर जिल्लामा ३ हजार १५० जना अस्थायी मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ। हालसम्म संकलन गरिएको विवरणका आधारमा उक्त संख्या तय भएको भए पनि अन्तिम तथ्यांक १–२ दिनभित्र एकिन हुने र परिवर्तन हुन सक्ने कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार समानुपातिकतर्फ मतदान गर्न पाउने अस्थायी मतदाताको नामावली संकलन गर्दा जिल्लामा कार्यरत सुरक्षाकर्मी, निजामती तथा संस्थानअन्तर्गतका कर्मचारी र कारागारमा रहेका कैदीबन्दीको विवरण समावेश गरिएको हो।
यसैबीच, क्षेत्रीय कारागार भीमफेदीमा रहेका अधिकांश कैदीबन्दीको नाम मतदाता सूचीमा समावेश नभएको पाइएको छ। कारागारमा झण्डै १ हजार कैदीबन्दी रहे पनि तीमध्ये केवल ७५ जनाले मात्र समानुपातिकतर्फ मतदान गर्न पाउने छन्। मतदान गर्न पाउनेमा २ महिला र ७३ पुरुष कैदीबन्दी रहेको जेलर सुवास पौडेलले जानकारी दिए।
मतदाताको नाम संकलनका क्रममा निर्वाचन कार्यालयका कर्मचारी कारागार नपुगेका कारण धेरै कैदीबन्दीको नाम मतदाता सूचीमा समावेश हुन नसकेको जनाइएको छ।
२०७९ सालको निर्वाचनमा भने अस्थायी मतदाताको मतदानस्थल भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयमा राखिएको थियो।
मकवानपुरमा ३ हजार १५० अस्थायी मतदाता, संख्या फेरिन सक्ने
मकवानपुरमा ३ हजार १५० अस्थायी मतदाता, संख्या फेरिन सक्ने
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







