
पूर्व माओवादी नेता तथा नेपाली कम्युनिष्ट पार्टी (कैलाश कमिटी) का सचिवालय सदस्य मानव मोक्तान र युवा नेता युनिक लामा नेकपा एमालेमा प्रवेश गरेका छन्।
आज नेकपा एमाले मकवानपुरको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेता अनन्त पौडेल र जिल्ला उपाध्यक्ष हिदम लामाले उनीहरूलाई टिका तथा खादा लगाएर स्वागत गर्नुभएको थियो।
पार्टी प्रवेशपछि बोल्दै कैलाश–३ का मानव मोक्तानले आफू नेकपा माओवादी केन्द्रमा सचिवालय सदस्यको रूपमा काम गरेको स्मरण गर्नुभयो। उहाँले पछिल्लो समय पार्टी आफ्नो मर्म र सिद्धान्तविपरीत गइरहेको तथा अस्तित्व नै कमजोर बन्दै गएको अनुभूति भएपछि एमालेमा प्रवेश गर्ने निर्णय गरेको बताउनुभयो।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य तथा युवा नेता सानु लामा, जिल्ला कमिटी सदस्य तथा कैलाशका सह–इन्चार्ज छेकु लामा, नेशनल भोलेन्टियर फोर्स कैलाश गाउँपालिका संयोजक अविरल मोक्तानलगायतले नवप्रवेशी नेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।







