रामेछापको तामाकोशी नदीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। प्रहरीले दिएको जानकारीअनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने ६ जनाको शव घटनास्थलमै फेला परेको छ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बा. प्र. ०१–००६ ख ९९७५ नम्बरको बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको थियो। दुर्घटनापछि चालकलाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement
मृतकहरूको सनाखत भने हालसम्म हुन सकेको छैन। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







