जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा सचेत गराइएको छ।
निर्वाचन आचारसंहिता अनुगमन समितिले घलानले सरकारी साधन प्रयोग गरी राजनीतिक दलका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको भन्दै सचेत गराएको हो। आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद २ को दफा ४(क) तथा परिच्छेद ३ को दफा ५(४) विपरीत कार्य गरेको ठहर गरिएको छ।
Advertisement
अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा जिल्ला समन्वय समितिको बा २ झ ३१८९ नम्बरको सरकारी सवारी साधन आचारसंहिता लागू भएको अवधिमा प्रयोग भएको देखिएको उल्लेख छ।
पत्रमा आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







