हेटौँडा बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दा अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। उक्त मुद्दाको सुनुवाइका लागि फागुन १० गते पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो। संयुक्त इजलासको आदेशअनुसार नै पूर्ण इजलासमा सुनुवाइका लागि मिति निर्धारण गरिएको हो।
Advertisement
यसअघि सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल फाइल अदालतमा नआएकाले सर्वोच्चले ती फाइल झिकाउन आदेश जारी गर्दै माघ १८ गतेका लागि पेसी तोकेको थियो। सोही दिन बसेको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो। उक्त मुद्दाको तारेख भने आइतबार मात्र तोकिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








