काठमाडौं/आगामी निर्वाचनमा नागरिकको उत्साहजनक सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोग ले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराई ले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अघिल्ला निर्वाचनमा मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने प्रचलन थियो।
Advertisement
यसपटक भने सबै जनताको व्यापक र उत्साहजनक सहभागिता वृद्धि गर्ने उद्देश्यका साथ तीन दिन सार्वजनिक बिदा सिफारिस गरिएको भट्टराईले बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







