जेन-जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये शुक्रबार बिहानसम्म १३४ जना कैदीबन्दी अझै फरार छन् ।
फरार रहेकामध्ये २६ जना भारतीय नागरिकजेन-जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये शुक्रबार बिहानसम्म १३४ जना कैदीबन्दी अझै फरार छन् । फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् ।
भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट ३ सय ६ जनालाई पक्राउ गरेको छ ।
१३४ जना अझै फरार छन् । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आए, अझै २६ जना फरार छन् । भीमफेदी कारागारका नायब सुब्बा केदार सापकोटाले बताए । भीमफेदी कारागारको ‘क’ र ‘ख’ ब्लकको पर्खाल भत्काएर गत भदौ २४ गते राति साढे १२ बजे ४४० जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये ३०६ जना पक्राउ परेका छन् ।







