आइसिसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड फाईनल खेलमा पुग्नको लागि प्रतिस्पर्दा गर्दैछन्|
कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा सात बजेदेखि खेल सुरू हुनेछ।दक्षिण अफ्रिका सुपर-८ बाट समूह ‘ए’को विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो।सुपर-८ को खेलमा उसले जिम्बाब्वेलाई पांच विकेट र वेस्ट इण्डिजलाई नौ विकेटले पराजित गरेको थियो। भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो।
न्युजिल्याण्ड सुपर-८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो।सुपर-८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्याण्डसँग चार विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो।वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो।
दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ।आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ।







