गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ।बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता एवं रमा आचार्यले जानकारी दिइन्।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो।आचार्यका अनुसार बैठकले हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।त्यसैगरी निर्वाचनको समयमा गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको उनले बताइन्।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








