दोलखाको तामाकोशी गाउँपालिका-४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । हराएका मतपत्र पनि सबै फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरूबिच झडप भएको थियो । उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । सोही क्रममा मतपत्र समेत हराएको हो ।
Advertisement
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले हराएका मतपत्रहरूको खोजी जारी रहेको जानकारी दिए ।
‘५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, ‘अरू मतपत्रको पनि खोजी जारी छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








