प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो ३ बजेसम्म करिब ५२ प्रतिशत मतदान सम्पन्न भएको छ।
प्रदेश निर्वाचन कार्यालय का प्रमुख हरि प्रसाद ढकाल का अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। हालसम्म ५२ प्रतिशतभन्दा बढी मत खसेको जानकारी उनले दिए।
Advertisement
जिल्लामा रहेका १६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। निर्वाचन कार्यालयका अनुसार यसपटक जिल्लामा करिब ६० प्रतिशतसम्म मतदान हुने अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







