प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर–१ अन्तर्गत सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको मतबाट गणना सुरु गरिएको हो। यस क्षेत्रमा पुरुष ४७ हजार ६७०, महिला ४७ हजार ६३६ र ४ जना तेस्रो लिङ्गी गरी कुल ९५ हजार ३१९ जनाले मतदान गरेका छन्।
Advertisement
त्यसैगरी क्षेत्र नम्बर–२ अन्तर्गत मनहरी गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको छ। यस क्षेत्रमा पुरुष ४८ हजार ९६४, महिला ४२ हजार २७६ र १ जना तेस्रो लिङ्गी गरी कुल ९२ हजार २४१ जनाले मतदान गरेका छन्।
कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेको मकवानपुरमा १ लाख ८६ हजार ५५१ मत अर्थात् करिब ५९ प्रतिशत मतदान भएको छ। जिल्लाका १६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







