राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देशव्यापी माहोल बढदै जाँदा आश्चर्यजनक नतिजा आइरहेको छन। यस्तै नतिजा काठमाडौं–१ मा पनि देखिएको छ। काठमाडौं–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की कृतु भण्डारी (मेनुका)ले आफ्नै कमिटीको पनि सम्पूर्ण भोट पाउन सकिनन्।
त्यहाँ गत माघ १६ गते ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको थियो। भण्डारीलाई जिताउन पार्टीकी नेता पम्फा भुसालले नै ५०१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा गरेकी थिइन्।
तर समितिमा बस्नेले नै उनलाई मतदान नगरेको देखियो। निर्वाचनको अन्तिम परिणाम आउँदा भण्डारीले जम्मा ३४५ मत मात्रै ल्याइन्।
काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना न्यौपानेले १५ हजार ४५५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएका थिए।
जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत कटाउनुपर्छ तर नेकपाकी भण्डारीले जमानत पनि जोगाउन सकिनन्।







