देशभर राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरू अग्रस्थानमा देखिन थालेका बेला मकवानपुरमा पनि सोही पार्टीका उम्मेदवारहरू अघि देखिएको प्रारम्भिक मतगणनाले संकेत गरेको छ।

Advertisement
यसैबीच हेटौंडामा मतदानअघि केही व्यक्तिहरूले चुनावी नतिजालाई लिएर बाजी राखेको कागज सार्वजनिक भएको छ। सार्वजनिक कागजअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो पार्टी बन्ने दाबी एक पक्षले गरेको छ भने अर्को पक्षले नेपाली कांग्रेस नै पहिलो पार्टी बन्ने दाबी गरेको उल्लेख छ।
सो दाबीलाई लिएर उनीहरूबीच १५ हजार रुपैयाँको बाजी राखिएको कागजमा उल्लेख गरिएको छ। बैठकमा बसेर तयार गरिएको उक्त कागजमा केही व्यक्तिहरू साक्षीसमेत बसेको बताइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







