प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा बालेन शाह ले केपी शर्मा ओली लाई फराकिलो मतान्तरले पराजित गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा नेकपा एमाले का अध्यक्ष ओलीले १८ हजार ७३४ मत मात्रै पाए। यससँगै शाहले ठूलो मतान्तरसहित जित हासिल गरेका हुन्।
यो पराजयसँगै ओली झापामा दोस्रो पटक चुनाव हार्न पुगेका छन्। यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए।
कडा प्रतिस्पर्धामा ओलीको हार
यसपटक झापा–५ को चुनावी प्रतिस्पर्धा मुख्यतः बालेन शाह र ओलीबीच केन्द्रित भएको थियो। शाहलाई “भावी प्रधानमन्त्री” का रूपमा प्रस्तुत गरिँदा ओलीलाई चुनावी मैदानमा कडा चुनौती सामना गर्नुपरेको थियो।
चुनावी अभियानका क्रममा यसअघि कहिल्यै घरदैलो नगर्ने ओली यसपटक भने टोल–टोल पुगेर मतदातासँग भेटघाट गर्दै गुनासा सुन्ने प्रयासमा देखिएका थिए। तर पनि उनको प्रयास सफल हुन सकेन।
अन्य उम्मेदवार पनि मैदानमा
झापा–५ मा नेपाली कांग्रेस की मंधरा चिमरिया, नेकपाका रञ्जित तामाङ तथा श्रम संस्कृति पार्टीका समीर तामाङसहित अन्य उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा थिए। तर चुनावी बहस भने मुख्य रूपमा ओली र बालेन वरिपरि केन्द्रित रह्यो।
एमालेका लागि चुनौतीपूर्ण परिणाम
यसपटकको निर्वाचन परिणाम एमालेका लागि चुनौतीपूर्ण देखिएको छ। एक समय एमालेको बलियो आधार क्षेत्र मानिने झापा सहित कोशी प्रदेशका धेरै क्षेत्रमा पार्टी कमजोर नतिजातर्फ गएको संकेत देखिएको छ।
झापा–५ मा बालेन शाहको जितलाई नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेतका रूपमा समेत हेरिएको छ।







