राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्चको विवरण बुझाएका छन्। लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाएका छन्।
चितवन-२ मा चुनाव लडेका लामिछानेले जम्मा ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत पेस गरेका छन्।
Advertisement
जसअन्तर्गत मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्रा सामग्री छपाइमा ६ ८ हजार १६१ रूपैयाँ, यातायात तथा ईन्धन खर्च २ लाख ९५ हजार , मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लखे छ।
त्यस्तै खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्टी भेला गर्दा १ लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस









