प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार रास्वपाले ७३ हजार ७ सय ९२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) २७ हजार ६ सय ९० मतसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टी ले २४ हजार ७ सय ४९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।
नेपाली कांग्रेस २३ हजार ६ सय ३८ मतसहित चौथो स्थानमा रहेको छ भने नेपाल कम्युनिस्ट पार्टी ले १७ हजार ८ सय ९८ मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकाल ले जानकारी दिनुभयो।
यसअघि प्रत्यक्षतर्फ मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए।







