फागुन दोस्रो हप्ता देखि बजारमा कोइरालो आउन थालेको हो । कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गर्छ । फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
हाल स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो ।
कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँ कायम छ । आज कोइरालोको भाउ किलोमा औसत ५० रुपैयाँ घटेको हो । हिजो प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







