निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिन थालेको छ।
समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज ११ बजे बिहान प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।बहादुरभवन स्थित आयोगको प्रांगणमै सो कार्यक्रम सुरू हुने छ।
Advertisement
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ११० जना निर्वाचित भएका हुन्।
प्रत्यक्षतर्फ १६५ जना सांसदहरू निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका हुन्|सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







