चैत १२ — युनाइटेड ट्रेडर्स सिन्डिकेटले हेटौंडामा ‘Experience Toyota’ नामक विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम चैत १२, १३ र १४ गतेसम्म मेनरोडस्थित कफी बारमा सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी हुने ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू नजिकबाट अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन्। आयोजकका अनुसार टेस्ट ड्राइभमा सहभागी हुनेहरूका लागि आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ।
पुरानो गाडी साटेर नयाँ टोयोटा खरिद गर्न चाहने ग्राहकहरूका लागि विशेष एक्सचेन्ज बोनस उपलब्ध गराइनेछ। साथै, गाडी खरिद गर्दा फ्रि इन्स्योरेन्स, अतिरिक्त एसेसरिज, बैंकिङ सुविधा र रोड ट्याक्स लगायतका आकर्षक अफरहरू पनि प्रदान गरिने जनाइएको छ।
स्थानीय गाडी पारखी तथा नयाँ गाडी खरिद गर्न इच्छुक ग्राहकहरूका लागि उक्त कार्यक्रम उत्कृष्ट अवसर हुने आयोजकले जनाएको छ।








