हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा जुना दाहाल चयन भएकी छन्।
सोमबार गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समितिको बैठकले हेटौंडा–११ नम्बर वडाका अध्यक्षसमेत रहेकी दाहाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।
Advertisement
समितिका सदस्यहरूमा संजय बिडारी, जनकप्रसाद लामिछाने, गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई चयन भएका छन्। साथै, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला चयन भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








