हेटौंडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने भएको छ। हेटौंडा–२ स्थित पल्पसा सभाहलमा चैत १३ गतेदेखि १६ गतेसम्म मेला सञ्चालन गरिनेछ।

Advertisement
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो। आयोजक संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी सुरु भइसकेको जानकारी दिए।
उनका अनुसार मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्नेछन्। मेलामा ४० वटा स्टल रहनेछन्, जहाँ कोदो, जुनेलो, फापर, अचार, बाटेको धुप, केराका कप, म्याट, मस्यौरा, जुनारको जुस, अल्लोका सामग्री, च्याउ, माछा तथा डेरी उत्पादनलगायत विभिन्न कृषि उपज तथा वस्तुहरू प्रदर्शन गरिनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








