१९ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् ।
आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
Advertisement
शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ ।
त्यसअनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ । श्रम संस्कृति पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्दैछन् ।
‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो ।साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








