२० चैत, काठमाडौं । इरान युद्ध अमेरिकाका लागि महंगो सावित हुँदै गएको छ । अमेरिकी मिडिया रिपोट्र्सका अनुसार, गत महिना युद्धको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा अहिलेसम्म ११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो ।
युद्धमा सयकडौं टमहक मिसाइलहरू प्रयोग भएका र प्रति टमहक मिसाइलको मूल्य करिब ३५ लाख डलर रहेको रिपोर्टहरूमा उल्लखे गरिएको बीबीसीले जनाएको छ ।
Advertisement
युद्ध लम्बिँदै जाँदा अमेरिकाका लागि दैनिक खर्च अलग–अलग रहेको समाचारमा उल्लेख छ । अमेरिकी अधिकारीहरूले खर्चमा कमी आइरहेको दाबी गरेका छन् ।
तर, विशेषज्ञहरूले युद्धमा अहिले पनि हरेक दिन झण्डै ३८५ मिलियन डलर खर्च भइरहेको अनुमान गरेका छन् ।
अमेरिकी रक्षा विभागले भने इरानी ड्रोन र मिसाइल हमलामा ९० कमी आएको बताएको छ ।- अनलाईन खबर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








