हेटौंडा/ विदेश अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको Access Education ले हेटौंडामा ‘Gantabya New Zealand Event’ आयोजना गर्ने भएको छ। कार्यक्रम वैशाख १९ गते (शनिबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडा–४, स्कूल रोडस्थित पुजन प्लाजामा रहेको Access Education को कार्यालयमा सञ्चालन हुनेछ।

यसअघि बुटवल, पोखरा, चितवन, विराटनगर र काठमाडौंमा सफलतापूर्वक सम्पन्न भइसकेको उक्त कार्यक्रम अब हेटौंडामा पनि आयोजना हुन लागेको हो। Access Education विगत २१ वर्षदेखि सञ्चालनमा रहेको संस्था हो, विशेषगरी न्यूज़िल्याण्ड अध्ययनका लागि परामर्श दिने क्षेत्रमा परिचित मानिन्छ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक तथा संस्थापक पुष्पराज पौड्यालसहित २१ वर्षभन्दा बढी अनुभव भएका काउन्सेलरहरूको उपस्थिति रहने जनाइएको छ। साथै, Licensed Immigration Advisor (LIA) ले पनि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा आवश्यक मार्गदर्शन प्रदान गर्नेछन्।
विशेषगरी कम GPA भएका, लामो अध्ययन अन्तराल (study gap) भएका तथा अष्ट्रेलिया भिसा अस्वीकृत (refusal) भइसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। परिवारसहित विदेश अध्ययनको योजना बनाइरहेकाहरूका लागि पनि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख आकर्षणहरूमा one-to-one counselling, dependent तथा spouse visa सम्बन्धी जानकारी, on-spot assessment, same-day applicant का लागि निःशुल्क processing सुविधा, साथै goodies र door prizes समावेश रहेका छन्।
विद्यार्थी तथा अभिभावकहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो अध्ययन योजना तथा भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन आयोजकले अनुरोध गरेको छ।







