हेटौँडा/गत चैत्रमा भएको जेन्जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको हेटौँडा उपमहानगरपालिकाको सफाई टंकी पुनः सञ्चालनमा आएको छ। आन्दोलनका बेला टंकीमा जडान गरिएको सक्सन पम्प (सफाई मेसिन) सहित अन्य सवारी साधनमा आगजनी भएपछि सेवा अवरुद्ध भएको थियो।
उपमहानगरपालिकाले नयाँ सक्सन पम्प ल्याएर जडान गरेसँगै आजबाट पुनः सेवा सुरु गरिएको वातावरण शाखाले जनाएको छ। आगलागीका कारण केही समयदेखि स्थानीयवासीले सेफ्टी टंकी सफाई सेवा पाउन सकेका थिएनन्।
Advertisement
नयाँ उपकरण जडानपछि उपमहानगरले पुनः नियमित रूपमा नगरवासीलाई सेवा दिन थालेको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







