हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जि एस) निकेतन ले एसइई परीक्षा २०८२ मा ४ जिपिए प्राप्त गर्ने तीन जना विद्यार्थी उनीहरूका अभिभावकलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। 
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी एलेक्स घिमिरे, रौनक भण्डारी र समिक्षा यादवलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इश्वर प्रसाद लामिछाने ले विद्यालय र विद्यार्थीको केही वर्षदेखिको निरन्तर मेहनतको परिणाम यस वर्ष देखिएको बताउनुभयो। उहाँले ज्ञानदीप शिक्षा निकेतन सामुदायिक विद्यालय भए पनि समुदायको माया, सहयोग र विद्यार्थीको मेहनतका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो।
प्रधानाध्यापक लामिछानेका अनुसार विद्यालयले हरेक वर्ष करिब ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति र गुणस्तरीय शैक्षिक वातावरणकै कारण विद्यार्थीको उपस्थिति र अध्ययनप्रतिको मेहनत बढेको उहाँको भनाइ थियो।
यस वर्ष विद्यालयबाट एसइई परीक्षा २०८२ मा कुल १ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५२ जनाले ३.६ देखि ४ जिपिएसम्म प्राप्त गरेका छन् भने ५० जनाले ३.२ देखि ३.५९ जिपिए हासिल गरेका विद्यालयले जनाएको छ। यस्तै १७ जना विद्यार्थीले २.८ देखि ३.१९ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन्। दुई जना विद्यार्थीको ननग्रेडेड नतिजा आएको विद्यालयले जनाएको छ।
कार्यक्रममा नवप्रवेशी कक्षा १० का विद्यार्थी तथा अभिभावकसँग आगामी शैक्षिक योजनाबारे अन्तरक्रिया पनि गरिएको थियो। विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्लस टु कक्षा सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ
बद्री बहादुर पाठक को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँ, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था की अध्यक्ष रमिला सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको







