हेटौंडामा युवा उद्यमी, विद्यार्थी तथा व्यवसायमा रुचि राख्ने व्यक्तिहरूलाई लक्षित गर्दै ‘फाउन्डर्स फोरम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
हेटौंडा जेसिजको आयोजनामा हिमालयन दरबारमा भएको कार्यक्रमको सभाध्यक्षता सिनेटर सन्तोष पराजुलीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रमोद सिंह रानाभाट तथा विशेष अतिथि सीए रोशन सापकोटासहित विभिन्न उद्यमी र व्यवसायिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उद्यमी कोबित सिंह बनियाँ, सन्तोष कँडेल र सुमन पौडेलले आफ्नो उद्यमशील यात्राका अनुभव तथा सफलताका कथा साझा गरेका थिए। सहभागी युवाहरूले व्यवसाय सञ्चालनका व्यावहारिक पक्षबारे अन्तरक्रियात्मक रूपमा जानकारी प्राप्त गरेका थिए।
जेसिआई हेटौंडाका अध्यक्ष सन्तोष पराजुलीले कार्यक्रमले युवालाई उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासतर्फ प्रेरित गरेको जानकारी दिएका छन।







