हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार (आज)हेटौंडा उपमहानगरपालिका–१ र २ नम्बर वडामा रहेका मासु पसलहरूको अनुगमन गरेको छ।
Advertisement
अनुगमनका क्रममा हेटौंडा–२, चौकीटोलस्थित न्यौपाने मासु पसल र ओम् फ्रेस मिट सप लाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैगरी क्वालिटी मिट सप र सलाम मिट सप लाई जनही १ लाख रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै, विकी मिट सप र प्रतीक मिट सप लाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार समयमै करचुक्ता नगरेको, केही पसलमा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको तथा मासु फ्रिजिङ गर्ने प्रक्रिया अव्यवस्थित पाइएको कारण सम्बन्धित पसलहरूलाई कारबाही गरिएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








