केन्द्रमा एमाले–नेकपा सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएको छ। यससँगै एमालेभित्र मुख्यमन्त्रीको दौड तीव्र बनेको छ।
मुख्यमन्त्रीका प्रमुख दाबेदारमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्यमन्त्री किरण थापा रहेका छन्। संसदीय दलका नेता भएकाले थपलियाको दाबी स्वाभाविक रूपमा बलियो देखिए पनि अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिने किरण थापा पनि शक्तिशाली प्रतिस्पर्धीका रूपमा उभिएका छन्।
Advertisement
दुवैले पार्टी नेतृत्वसँग आन्तरिक लबिङ गरिरहेका छन् भने अन्तिम निर्णय एमाले नेतृत्वले गर्नेछ।
सरकार गठनका लागि भने एमाले र नेकपाको संयुक्त ५१ सांसद मात्र भएकाले बहुमत (५३) पुर्याउन राप्रपा लगायत साना दलको समर्थन आवश्यक छ। यही कारण राप्रपा सरकार गठनमा निर्णायक बन्न सक्ने देखिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








