हेटौंडा/देश विपद्को चपेटामा परिरहेका बेला गोर्खा लाहारी प्रालि हेटौंडा, मकवानपुरले रसुवा बाढी पहिरो प्रभावितका लागि ६३ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ।
गोर्खा लाहारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गरेको हो।
Advertisement
संस्थाका प्रशासन प्रमुख प्रभाकर भण्डारीका अनुसार गोर्खा लहरी परिवारले विपद्को समयमा मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सहयोग गरेको हो।
“देश विपद्को अवस्थामा रहेका बेला पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो,” भण्डारीले भन्नुभयो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








