नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको नगर सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन्।
असोज ७ गते बुधबार सम्पन्न नगर अधिवेशनमा कोइरालाले २८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
Advertisement
उनका प्रतिस्पर्धी कविन सांगामीले २७५ मत प्राप्त गरे। कूल ५८१ मत खसेको निर्वाचनमा कोइराला ९ मतको अन्तरले विजयी भएका हुन्। कोइराला हेटौँडा–१६ का वडाध्यक्षसमेत हुन् भने यसअघि कांग्रेस हेटौँडा नगर उपसभापतिको जिम्मेवारीमा थिए।
सांगामी यसअघि कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ का क्षेत्रीय सचिव थिए।
यसैगरी नगर उपसभापतीमा कुलप्रसाद चौलागाईं ३०७ मतसहित निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी कृष्णप्रसाद दुलाललाई २४१ मतमा रोक्दै विजयी भएका हुन्।
नगर सचिवमा भने विजय पुडासैनी सर्वसम्मत चयन भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








