बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन मुख्यमन्त्री किरण थापासमक्ष मन्त्रीहरु र प्रमुख सचीवले कार्यसम्पादन करार सम्झौता गरेको छ ।
मंगलवार प्रदेश सरकारले नतिजामुखी रूपमा कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कार्यसम्पादन करार सम्झौता गर्ने गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले प्रदेश सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सबैले आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर काम गर्नुपर्ने बताए ।
मुख्यमन्त्रीले मन्त्रीहरूले सचिवसँग तथा सचिवहरूले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी सम्झौताअनुसारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
चालु आर्थिक वर्षको दुई महिना र भदौ बितिसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले अब समयभित्र बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताए ।
विशेषगरी विकाससँग सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने भन्दै काममा तीव्रता दिन निर्देशन दिए ।
मुख्यमन्त्रीले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनका लागि बितिसकेका दुई महिनाको समयलाई समेत ध्यानमा राख्दै आगामी दिनमा कामको गति बढाउन आग्रह गरे ।
मन्त्रालय र मातहतका कार्यालयहरूले बजेटमा समावेश गरिएका कार्यक्रमको नियमित कार्यतालिका बनाएर तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो।
कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम तथा आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्दै नतिजामुखी प्रशासन सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाई छ ।








