हेटौंडा लेडी जेसिजको वर्ष २०२४ का लागि अध्यक्षमा सजिता केसी निर्वाचित भएकी छिन । शुक्रबार साँझ सम्पन्न निर्वाचन कार्यक्रममा केसी सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन ।
हेटौँडा लेडि जेसिज सन २०२४ को कार्यकारिणी उपाध्यक्षमा सरस्वती थिङ केसी र नम्रता श्रेष्ठ निर्वाचित भएकी छन, त्यसैगरी उपाध्यक्षमा रन्जु पुडासैनी, पबित्रा गुरुङ , सलोनी बाटाजु र सुनिता लुइँटेल निर्वाचित भएका छन्।
Advertisement

सर्वसम्मत नाम परेकोले वहाँहरुको नाम घोषणा गरिएको हेटौंडा लेडीको जेसिज वर्ष २०२० की अध्यक्ष एवम् निर्वाचन आयुक्त सुशिला पौडेलले बताइन । निर्वाचन आयुक्त सुशिला पौडेलका अनुसार अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षमा आवश्यक संख्याअनुसार नै उम्मेद्वारी परेसँगै सर्वसम्मत निर्वाचित भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







