तिमी मरेर पो देख्न पाईन
म बाचेर देखिरहेको छु
हो लाग्दा गोलि तिमिलाई र
मलाई एउटै थियो
तिमी गोलिको पर्रामा जोगिन सकेनौ
र म भाग्यले जोगिए र पो देख्न पायो
तिमिलाई लाग्छ होला संघियतामा
हाम्रो सबै साथिहरु खुसि छन
तिमी मरेर पो देख्न पाईन
म हेरि रहेको छु संघियतामा पनि
केही केही बाहेक सबै
तिमी जस्तै त होईन तर
तिमी भन्दा पनि कठिन जीवन
बिताई रहेको छन्
हो तिमी मरेर पो देख्न पाईन
मलाई भेट्न अाउ सपनिमा
म यो संघियताको जरजर भ्ष्टचारको
श्रब्यदृश्य देखाई दिन्छु
अाहा भनेर कोहि बाचे पनि
सबैले सुन्दर ब्यबस्था भन्न सकेन
नपत्याए तिमी अाउ सपनिमा
म सबै बताई दिन्छु
होला तिमिले पनि मलाई स्वर्थी भएछौ भन्ला
म अहिले सम्म
तिमी सगै गोलि छेक्दाको कभरमा
सगै लुक्दाको जस्तै छु
अाउ हेर्न सपनिमा म पहिलाको जस्तै छु
तिमी मरेर पो देख्न पाईन
म बाचेर सबै हेरिरहेको छु ।
तिमी सगै गोलिका पर्रा लागेर
मर्न नसकेकाहरु अहिले पनि
बिहान बेलुका गोलिले पोल्दा
अाईस किनेर सेक्दै छन्
विचरा ती अाईस पनि किन्न नसक्नेहरु
म देखि रहेको छु
तिमी मरेर पो देख्न पाईन ।
तिमी मरेर पो देख्न पाईन
तिमी मरेर पो देख्न पाईन
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








