काठमाडौं; गृहमन्त्रालयको पद ग्रहण गरेपछि मंगलबार साझ गृहमन्त्री रबि लामिछाने बालकोट पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन।
केपी शर्मा ओलीले गृहमन्त्री भएकोमा रबि लामिछानेलाई शुभकामना समेत दिएका छन।
उनिहरू बिचको भेटघाटले ठुलै अर्थ राख्छ पुराना राजनीतिक दलहरूको नेतृत्व गरेका अन्य नेता भन्दा महत्वपूर्ण रूपमा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई हेर्ने गरिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वर्तमान गृहमन्त्री रबि लामिछाने पनि लोकप्रिय नेता हुन उनि राजनीतिमा प्रवेश नगर्दा नै उनले के बोल्छन र के गर्छन उनका कार्यहरू जनताले निहालेर हेर्ने गर्थ, भने अब उनि गृहमन्त्री त्यसकारण दुई नेता बिचको भेटघाटले ठुलै अर्थ राख्ने गर्दछ ।
भेटघाटमा वर्तमान राजनीति जनताको जनजीवन र देशको भविष्य बिच कसरी समृद्धितर्फ लैजान सकिन्छ भने बिसयमा कुराकानी भएको स्रोतले उल्लेख गरेको छ।
लामिछाने र ओलि उनिहरू बिचको भेटघाट र वार्तालाप भने सकारात्मक देखिन्छ ।







