काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजदेखि हिउँदे बिदा सुरु भएको छ। जाडो बढेसँगै त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो। त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।
उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य भने सञ्चालन हुने उनको भनाइ छ। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस