काठमाडौं; पदमा पुगेपछि कुनैपनि दलका नेताहरूको दामझम यस्तो हुन्छ कि उसले देशको मुहार बदलेर आएको छ। पिर्का मा कार्पेट ओछ्याएर उभिने र आगाडि दश जना सुरक्षाक्रमी राखेर सानमान बढाउन खोज्ने प्रतिनिधि आजपनि छन। पदमा पुगेको प्रतिनिधि सडकमा सवार हुदा जनताले सधै जसो सास्ती भोग्दै आएका छन ।
तर गृहमंन्त्री रबि लामिछाने भने सान मान परम्पराको अन्त्य गर्न चाहेको बताएका छन । गृहमन्त्री लामिछाने भने नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृहमन्त्रालय म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन उनले भने म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्नको लागी यो जिम्मेवारीमा आएको हुँ ।
म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु । उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी मात्र राखेको छु ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु ।
उनले थप्दै भने भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला । सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक नियमको लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा सधै प्रतिवद्ध छु ।
कुनै अकाट्य परिस्थिति आइपर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु । साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ आकस्मिक अवस्थामा बाहेक म बाट यस्तो गतिविधि हुँदैन ।
लामिछाने भन्छन व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु ।







