२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन र हलमा बन्द सत्र हुनेछ ।
२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ । कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले २९ वटा मतपत्रमार्फत् मतदान गरेर नयाँ कार्यसमिति चुन्ने छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस