हेटौडा। स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाको आयोजना र हेटौडा अस्पतालको सहयोगमा आज र भोलि नि:शुल्क शल्यक्रिया शिविर हुने भएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौंडाका अनुसार आज र भोलि हुने शिविरमा आङखस्ने तथा अब्सट्रेटिक फिस्टुला भएका महिलाहरुको हेटौडा अस्पतालमा नि:शुल्क उपचार हुनेछ भने शिविरमा आएकाहरूलाई खानाको व्यवस्था र एक हजार रूपैयाँ यातायात खर्च समेत उपलब्ध हुने छ । शिविरमा आउने लाइ १ थान नेपाली नागरिकताको फोटोकपी ल्याउन स्वास्थ्य निर्देशनालय हेटौंडाले आग्रह गरेको छ ।
Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







