काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्धारा हिजो संचालित बि.ए तेश्रो वर्षको परीक्षामा त्रि.वि.ले Introduction to Tourism Development बिषयको प्रश्नपत्रमा बिषय एउटाको लेखेर प्रश्नपत्र चै अर्को बिषयको छापेको घटनाले त्रि.वि.को परीक्षा प्रणालीको लापरवाही उदाङ्गो बनाएको छ ।
परीक्षार्थीलाई परीक्षाको करिब १ घण्टा पछि अर्को प्रश्नपत्र वितरण भएको घटनाले त्रि.वि.को परीक्षा प्रणाली र विश्वसनियता माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
Advertisement
TU ले हिजोको परीक्षामा गरेको लापरबाही प्रति नेबिसङ, अनेरास्ववियु लगायत विभिन्न विधार्थी संगठन तथा स्ववियुले बिरोध विज्ञप्ति जारी गरेका छन् भने परीक्षा नियन्त्रक पुष्पराज जोशीले हिजोको प्रश्नपत्रमा त्रुटि भएको कुरा स्वीकार गरि अबदेखी यस्तो गल्ती हुन नदिन सावधानि अपनाउने बताएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस









