हेटौडा। हेटौडा ११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सहज पार्ने उद्देश्य सहित त्रिभुवन मा.वि. मा शैक्षिक सामग्री वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय महासचिव बिष्णु पंगेनीले कार्यक्रमका बिच बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि ११ नं वडा सदस्य सन्जय विडारी अतिथिहरु प्राज्ञिक विद्यार्थी परिषद् नेपालका हेटौडा नगर सचिव मनिस सापकोटा,विद्यालय ब्यबस्थापन समिती सदस्य इश्वरी पराजुली,हिन्दु स्वयम् सेबक संघ नेपाल नारायणी बिभाग सन्चालक हेगृव आचार्य,हिन्दु स्वयम् सेबक संघ नेपाल जिल्ला सन्चालक दामोदर प्रसाद अटल,सामाजिक व्यक्तित्व गुणराज बानियाँको उपस्थिति रहेको थियो ।
PTA अध्यक्ष रामकृष्ण बस्नेत को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विद्यालयका शिक्षक श्री अनन्त अधिकारिले संचालन गर्नुभएको थियो ।