हेटौडा । अब देखि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थर लगायत विवरणहरु यदि फरक- फरक समस्यामा परेका विद्यार्थीका लागि अब सहज हुने भएको छ । सरकारले यस सम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने तेस्रो संशोधन नियम, २०८० संशोधन गरेको हो ।संशोधनअनुसार अब यस अघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान रहेको थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








