हेटौडा। हेटौडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा रहको नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र हेटौडाको समन्वय रहने सहकारीका सह व्यवस्थापक सुभाष अर्यालले जानकारी दिनुभयो ।
Advertisement
यही भाद्र १५ गते हुने कार्यक्रम हेटौडा ११ नवलपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको परिसरमा बिहान ७:०० बजे बाट हुने हुँदा सम्पूर्ण सहकारीका सदस्यलाई उपास्थितको लागि समेत उँहाले आग्रह गर्नुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








