हेटौंडा/मकवानपुरको हेटौँडामा रहेको ऐतिहासिक शहीद स्मारक पार्क पर्यटकीय क्षेत्रको रूपमा चर्चित छ। यो पार्क शहीदहरूको सम्झनामा निर्माण गरिएको हो।
यो पार्क १२ जना शहीदको अर्धकद शालिकबाट सुरु भएको हो। यसमा २०४६ सालसम्मका शहीदहरूको पूर्णकदका शालिक स्थापित गरिएका छन्। त्यसपछिका शहीदहरूको प्रतिनिधित्वका लागि एक/एक जना पुरुष तथा महिलाको अमूर्त प्रतिमा राखिएको छ।

शहीद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेका अनुसार शहीद स्मारक पार्कको मूल उद्देश्य शहीदहरूको स्मरणलाई ताजा बनाइराख्नु हो।
शहीद स्मारक पार्क परिसरभित्र एउटा नमूना चिडियाखाना पनि रहेको छ। यस चिडियाखानामा चित्तल, गिद्ध, मुसा, खरायो जस्ता जनावरहरू रहेका छन्।

न्यौपानेका अनुसार चिडियाखाना सञ्चालन गर्न चुनौती भइरहेको छ। जनावरहरूका लागि उपयुक्त वातावरण निर्माण गर्न सकिएको छैन। यसकारण चिडियाखानालाई बन्द गरी अन्य सुविधाहरू विकास गर्ने योजना रहेको उनले बताए।
शहीद स्मारकमा आकर्षक फुवाइँटेन, अतिथि गृह जस्ता सौन्दर्यीकरणतर्फ काम भइरहेको छ ।

साथै, गौतम बुद्धको जन्मसम्बन्धी ऐतिहासिक कथाअनुसार उनकी माता मायादेवीसहितको ‘गौतम बुद्धले जन्मिदा नै सात पाइला चालेको सर्वमान्य ऐतिहासिक भनाई अनुसार सात थान मूर्ति पनि झण्डै १५ लाख
लागतमा निर्माण गरेका छौँ, उनले भने ।
यसका अतिरिक्त, पार्कमा शहीद अध्ययन केन्द्र, चिडियाखाना, सुन्दर बगैँचा, फुल्टान लगायत पर्यटकहरूलाई आकर्षित गर्ने विभिन्न सुविधाहरू उपलब्ध गराइएका छन्। प्रत्येक वर्ष लाखौँ पर्यटक यस पार्क हेर्न आउने गरेका छन्। यसबाट प्राप्त आम्दानीले पार्कको व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ।
पार्कलाई आधुनिक र आकर्षक बनाउन निरन्तर प्रयास गरिरहेको बताए।
पार्कभित्र १२ जना सहिदहरुको आकृति एउटै शिलामा कुँदेर स्थापना गरिएको छ । पछिल्लो समय पर्यटकलाई आर्कषण गर्न बगैँचामा पुतलीलगायत विभिन्न आकारमा फुलहरु रोपिएको छ । थप आर्कषणको लागि पार्क परिसरमा गौरीशंकर हिमाल र गाईको मूर्तीसमेत राखिएको छ । २०५१ सालमा मनमोहन बाटीकाको स्थापना गरिएको थियो ।

त्यस्तै पार्कभित्र सहिद ग्यालरी, सहिद स्मृति स्तम्भ, नमुना चिडियाघर, मदनबाटिका, बाल उद्यान, पौडीखेल्ने पोखरी, पानीको फोहरा, झोलुङ्गे पुलले रौनकता छाएको छ । प्रजातान्त्रिक योद्धाहरु पुुष्पलाल, विपि कोइराला, गणेशमान र मनमोहनको पूर्ण कदको शालिकसहितको उद्यान समेत यहाँ अवलोकन गर्न सकिन्छ ।








