हेटौंडा/हेटौँडा-११ मा सहिद सप्ताहको अवसरमा स्थानीय उत्पादन प्रदर्शनी मेलाको आयोजना गरिएको छ। ‘स्थानीय उद्योग, कृषि र पर्यटन क्षेत्रको विकास’को नाराका साथ सहिद स्मारक पार्कमा मेला गरिएको हो।
Advertisement
मेलामा कृषि तथा हस्तकला उत्पादनका सामग्रीको प्रदर्शनी गरिएको छ। साथै ९७ जना ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरिएको छ।

वडा अध्यक्ष जुना दहालको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री डोरमणी पौडेल रहेको थियो। कार्यक्रममा राष्ट्रिय सभा सदस्य राम चन्द्र राई, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, पूर्व सांसद जुनेली श्रेष्ठ लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








