हेटौंडा/हेटौँडाकी सपना बर्तौलाले सहिद स्मारकमा भएको बक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको छ। मदन भण्डारी फाउण्डेशन मकवानपुरको आयोजनामा शनिबार भएको उक्त प्रतियोगितामा बर्तौलाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो।
Advertisement
प्रतियोगिताको विषय “सहिद र मदन भण्डारीको सपना साकार पार्न नवयुवाको भूमिका” रहेको थियो। उक्त कार्यक्रम सहिद सप्ताह कार्यक्रमको एक अंश हो।
प्रतियोगितामा १६ जनाको सहभागिता रह्यो। आकाङ्क्षा निरौला दोस्रो, दर्सना सापकोटा तेस्रो र अभिप्सा पौडेल सान्त्वना बिजेता भए।
बा
गमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहिदको सपना साकार पार्न सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
शनिबार नै रक्तदान कार्यक्रम गरिएको थियो भने १५ गते सांस्कृतिक कार्यक्रम हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








