हेटौंडा/राजारानी(रारा) फुटबल क्लब धनकुटा मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत (आज)शुक्रबार भएको खेलमा राराले नेपाल पुलिस क्लबलाई २-० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।
Advertisement
राराका लागि अजयी मार्टिन्स र सुशिल लामाले गोल गरेका छन भने मार्टिन्सलाई म्यान अफ द म्याच चुनिएको छ।
प्रतियोगिता अन्तर्गत फागुन २० गते (भोलि)शनिबारको पहिलो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड र न्युरोडटिम (एनआरटी) बीच हुनेछ ।
मकवानपुर गोल्डकपको उपाधि विजेताले १५ लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







