एनआरटी लिग च्याम्पियन चर्च व्वाइजमाथि ४-३ को जित हासिल गरेर हेटौंडामा जारी स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
एनआरटी हेटौंडामा जारी स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।लिग च्याम्पियन चर्च व्वाइजमाथि एनआरटीले ४-३ को नाटकीय जित हासिल गर्यो।
निर्धारित समय २-२ को बराबरीपछि टाइब्रेकरमा एनआरटी विजयी भयो।अभिषेक लिम्बु, जय गुरुङ, प्रिसो र विवेक गुरुङले एनआरटीका लागि गोल गरे।
एनआरटी अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली भयो।
चर्च व्वाइजका तर्फबाट निरज कार्की, बिकु राई र कमल श्रेष्ठले गोल गरेका थिए। चर्च व्वाइजका विदेशी खेलाडी बाउण्डोको प्रहार बाहिरिएको थियो भने लक्षु थापाको प्रहार एनआरटी गोलरक्षक प्रिसोले बचाएका थिए।
दुई गोलले पछाडि परेको अवस्थामा एनआरटीले निर्धारित समयको अन्तिम मिनेट र थप समयको चौथो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो।
चर्च व्वाइजका लागि राजेश परियार र मार्टिन्सले गोल गरेका थिए। एनआरटीका लागि अशोक थापा र विदेशी खेलाडी ग्लोरीले गोल गरे।
एनआरटी अब अन्तिम चारमा पुगेको छ र राजारानी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेल शनिबार हुनेछ।







